१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायक रवि ओड आफ्नै श्रीमतीले बलात्कारको आरोपमा उजुरी दिएपछि प्रहरी नियन्त्रणमा



 

धनगढी

३० वैशाख । गायक रवि ओड आफ्नै श्रीमतीले बलात्कारको आरोपमा उजुरी दिएपछि प्रहरी नियन्त्रणमा परेका छन् ।

नेपाल आइडल विजेता समेत रहेका गायक रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका हुन् ।

वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी जानकारी दिएको छ ।

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

उजुरी परेपछि ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीका अनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।