२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


मापदण्ड विपरित निर्माणाधिन क्रसर बन्द गर्न स्थानीयको माग



मुग्लिन (चितवन)
३० वैशाख । चितवनको इच्छाकामना–४ कुरिनटारमा निर्माण भइरहेको क्रसर उद्योगको निर्माण बन्द गर्न स्थानीयले माग गरेका छन् ।
कुरिनटार आएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसामु बस्ती नजिकै क्रसर उद्योग निर्माण भइरहेकाले तत्काल रोक्न माग गरेका हुन् ।

स्थानीय प्रकाश सिलवालले मापदण्डविपरीत बस्तीको बीचमा क्रसर उद्योग निर्माण भइरहेकाले तत्काल रोक्न गृहमन्त्री लामिछानेसामु माग गरे ।
स्थानीयको असहमति हुँदा पनि निर्माण नरोकिएको सिलवालको भनाइ छ । यसअघि स्वयं गृहमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराए पनि सुनुवाइ नभएको स्थानीयको भनाइ छ ।

गृहमन्त्री लामिछानेले मापदण्डविपरीत भए क्रसर उद्योग सञ्चालन गर्न रोक लगाउने आवश्वासन दिएका छन् । उनले मापदण्ड पूरा गरेको छ कि छैन, वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गरेको छ कि छैन बुझेर कारबाही अघि बढाउन प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई फोनमार्फत निर्देशन दिए ।
पालिकाले अनुमति दिँदा मापदण्ड पूरा गरेको छ कि छैन सबै प्रक्रिया बुझेर मापदण्डविपरीत भए निर्माण तत्काल रोक्न निर्देशन दिए ।
जवाफमा प्रमुख जिल्ला अधिकारी थापाले मङ्गलबारसम्म क्रसर उद्योग सञ्चालकलाई सबै प्रक्रियाको कागजात उपलब्ध गराउन समयसीमा दिइएको बताए । बस्तीको बीचमा क्रसर उद्योग निर्माण सुरु भएसँगै यहाँका स्थानीयले विरोध जनाउँदै आएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : २१ बजे