३० वैशाख । काठमाडौं बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एक युवकको ज्यान गएको छ । मोरङ घर भइ बतीसपुतलीस्थित कुमारी मार्गमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको शनिबार साँझ हत्या भएको हो ।
दुई समूहबीचको झडपका क्रममा धिमालको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
धिमाललाई शनिबारसाँझ नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको कुमारी मार्गस्थित बीच बाटोमै हत्या भएको हो ।
शनिबार साँझ करिब ७ः३० बजे भएको उक्त घटनामा मोरङ घर भएकै २३ वर्षीय मनीष चौधरी पनि घाइते भएका थिए । उनी उपचारपछि डिस्चार्ज भएका छन् ।
घटनाको अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको छ ।
प्रतिक्रिया