९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरका एमालेलाई नयाँ नेतृत्व चुन्ने चटारो



भक्तपुर
३० वैशाख । नेकपा एमाले भक्तपुरलाई यतिबेला अधिवेशनमार्फत नयाँ नेतृत्व चुन्ने चटारो छ ।
जेठ ३ गते सुरु नवौं जिल्ला अधिवेशनको लागि प्रतिनिधि चयन लगभग सकिएको एमालेले जानकारी दिएको छ ।
प्रतिनिधि व्यवस्थापन समितिका संयोजक शिवराम तिमिल्सिनाका अनुसार भूगोलबाट आउने प्रतिनिधि सबैतिर चयन भएका छन् । जसअनुसार सूर्यविनायक नगर कमिटीबाट १ सय ३१ जना, मध्यपुरथिमिबाट ५१, भक्तपुर नगरबाट १६, चाँगुनारायण नगर कमिटीबाट ७० जना रहेका छन् । एमालेका विभिन्न जनसंगठनबाट ४६ जना, सल्लाकार कमिटीबाट २२ जना रहेका छन् ।
नवौं जिल्ला अधिवेशन आयोजक कमिटीबाट १ सय २५ जना प्रतिनिधि रहेका छन् । अहिलेसम्म ४ सय ६१ जना प्रतिनिधि छनोट भइसक्नु भएको छ, संयोजक तिमिल्सिनाले भने । पार्टीको विधिान अनुसार केही प्रतिनिधि मनोनित हुने उनले जानकारी दिए ।
सल्लाघारी चुनदेविसंगै रहेको इम्पेरियल बैंक्वटमा जेठ ३ गते ११ बजे पार्टीका केन्द्रिय अध्यक्ष केपि शर्माले ओली अधिवेशनको उद्धघाटन गर्ने तयारी भइरहेको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिएका छन् । अधिवेशन भव्य र सव्य बनाउनको लागि हामी विभिन्न समिति बनाएका काम गरिहेका छौं, अध्यक्ष देउजाले भने ।
३ गते उद्धघाट सत्र सकिएपछि बन्दसत्र सुरु हुने एमालेले जानकारी दिएको छ ।
४ गतेसम्म चल्ने अधिवेशनले एमाले भक्तपुरको नेतृत्व चयन समेत गर्नेछ

 

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ४ : ०३ बजे