६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘ट्रक साहित्य’ मिट्दै ट्राफिक प्रहरी, कला प्रदर्शनी गर्दै कलाकार



काठमाडौँ
३० वैशाख । सवारी साधनको पछाडि लेखिने ‘ट्रक साहित्य’ लेखन पछिल्लो समय ट्राफिक प्रहरीले हटाउँन सुरुआत गरेको छ । कलाकार भने सवारी साहित्यको संरक्षण गर्नुपर्छ भनेर कला प्रदर्शनी गर्दैछन् ।

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा मङ्गलबार ‘सवारी कथाहरु’ शीर्षकमा फोटो, भिडियो र डिजिटल चित्रकला प्रदर्शनी हुँदैछ । यसमा आभूषण गौतम श्रवास्ती घोष दास्तिदारले फोटोग्राफी प्रदर्शनी गर्नेछन् । दास्तिदार भारतका कलाकार हुन् ।

त्यस्तै, उर्जा आर्चायले डकुमेन्ट्री देखाउनेछ भने शुभ जोशीले इलिस्ट्रेसन (डिजिटल चित्रकला) प्रस्तुत गर्नेछन् । कलाकार उर्जाका अनुसार सवारी साधनमा प्रयोग गरिने साहित्यिक कला एवं रचना समाजका लागि सन्देशमूलक बन्दै आएको छ । जनुसुकै कुरालाई सहजै सूचना दिनेमा सवारी साहित्य प्रभावकारी माध्यम हो ।

साथै यो एक प्रकारको रचनात्मक साहित्य संस्कृति भएकाले हटाउनुको सट्टा जोगाउनुपर्ने उर्जाले बताए । मङ्गलबार प्रदर्शनीमा आउने दर्शकले समेत सवारी साहित्य सिर्जना गर्ने र छलफल गर्ने कार्यक्रम रहेको उनले सुनाए । “सवारी साहित्यका कथाहरु हाम्रो जनजीवनसँग जोडिएका छन्”, उनले भने, “प्रदर्शनीमा आउनुहुने दर्शकले मनोरञ्जन पाउनाका साथै केही न केही सन्देश लिएर जानुहुनेछ भन्ने विश्वास लिएका छौँ ।”

 

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।