१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको नख्खु दोबाटोमा बसले ठक्कर दिएपछि स्कुटर चालक युुवतीको मृत्यु



 

३१ वैशाख । ललितपुरको नख्खु दोबाटोमा बसले ठक्कर दिएपछि स्कुटर चालक युुवतीको मृत्यु भएको छ ।
ललितपुर प्रहरीका अनुसार आज सोमबार दिउँसो १२ बजे ललितपुर महानगरपालिका ४ नख्खु दोबाटोमा बा ४ ख १०४ नम्बरको बसले प्रदेश १–०२–०५१ प ३८५० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार दुर्घटनाका क्रममा भक्तपुर बोडे बस्ने ४६ वर्षीया सविता थापाको मृत्यु भएको हो ।
बसको ठक्करबाट राइड शेयरिङका स्कुटर चालक महालक्ष्मी नगरपालिका वडा नम्बर ९ लामाटार बस्ने ४५ वर्षीय भोपाल अधिकारी र भक्तपुर बोडे बस्ने ४६ वर्षीया सविता थापा घाइते भएकी थिइन् ।

उनीहरूलाई उपचारको लागि अल्का अस्पताल लगिएकोमा उपचारको क्रममा सविताको मृत्यु भएको हो।
बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ११ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।