३१ वैशाख । राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेश गरेको छ।
केन्द्रका सचिव राम आधार शाहले सोमबार एक कार्यक्रमकाबीच अख्तियार प्रमुख प्रेमकुमार राई समक्ष प्रतिवेदन पेश गरे।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा संघ, प्रदेश र स्थानीय तहका कुल ७,४६,४६३ मध्ये ७,३९,७५८ जना पदाधिकारी तथा कर्मचारीहरुले समयमा सम्पत्ति विवरण बुझाएको उल्लेख छ । ६,७०५ जनाले निर्धारित समयभित्र नबुझाएको प्रतिवेदनले औंल्याएको छ।
प्रतिक्रिया