७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एम्बुलेन्स दुर्घटनामा उपचार गरेर फर्किरहेकी युवतीको मृत्यु



धनगढी
१ जेठ । कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको हो।

निधन हुनेमा भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका–९ कि १८ वर्षीया अञ्जली परियार रहेकी छन्।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ४ : ३४ बजे