२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


एक सय दुई वर्षीय वृद्धको शल्यक्रिया



खोटाङ
१ जेठ । खोटाङको दिक्तेलमा एक सय दुई वर्षीय वृद्धको आँखाको शल्यक्रिया गरिएको छ ।
शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका एक सय दुई वर्षीय वृद्ध सहरमान विश्वकर्माको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो । चार वर्षदेखि पूर्ण रूपमा देख्न छाड्ेका विश्वकर्माले शल्यक्रियापछि पुनः दृष्टि प्राप्त गरेको बताएका छन् ।

नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ ।

गत वैशाख २९–३१ गतेसम्म सञ्चालन भएको र ३६ जनाको शल्यक्रिया गरिएको थियो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्य तथा सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १४ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रवाह गरेको हो ।

नगरपालिका, नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले वडा–वडामा पुगेर आँखा जाँच गर्दा शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएका बिरामीलाई लक्ष्यगरी निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले बताए । शिविरमा तीन सय ७३ जनालाई निःशुल्क चश्मा तथा छ सय ५० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

 

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ४ : ४१ बजे