७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सहकारी ठगी प्रकरणः जिबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीको पत्राचार



१ जेठ । प्रहरीले राहदानी विभागलाई सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न पत्राचार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार राईको पासपोर्ट रोक्का गर्नको लागि विभागमा पत्राचार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

राहदानी विभागले भने अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको प्रहरी स्रोतले जानकारी दिएको छ । राईले विभिन्न सहकारीको रकम हिनामिना गरेको भन्दै कास्की, रुपन्देहीलगायत जिल्लामा उजुरी परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ७ : ४४ बजे