२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएपछि काँग्रेसद्वारा प्रतिनिधिसभाको अर्को बैठक अवरोध



काठमाडौँ
१ जेठ । नेपाली कांग्रेसले काँग्रेसले संसदमा राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएपछि बसेको अर्को प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको बैठकलाई नेपाली कांग्रेसले अवरोध गरेको हो ।

बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गरेपछि धन्यवाद दिने प्रस्ताव पारित गर्न बसेको बैठक कांग्रेसले अवरुद्ध गरेको छ ।

कांग्रेसले राष्ट्रिय सभामा सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म संसदको कुनै कारवाही अगाडी बढ्न नसक्ने जनाएको छ ।

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको अर्को बैठक जेठ ३ गते बिहान ११ बजे बस्ने गरि स्थगित भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ३ : ५७ बजे