ललितखबर
२ जेठ । काठमाडौंको पशुपति बनकालीमा कोटी होमको आयोजना हुने भएको छ । मानव सेवा फाउण्डेशनलगायत ९ वटा संस्थाले आयोजना गर्ने कोटी होम महायज्ञ आसय, बेसाहरा वालवालिका र बृद्धहरुको सहयोगका लागि प्रारम्भ गर्न लागिएको फाउण्डेशनका अध्यक्ष वालयोगेश्वर श्री विजय कृष्णमूर्ति जी महाराजले ललितखबरलाई बताएका छन् ।
महाराजका अनुसार यही श्रावण संक्रन्तिबाट सुरु हुने कोटीहोम मसान्तसम्म एक महिना जारी रहने छ । कोटी होममा विख्यात बाचक वाचक प्रविण पण्डित श्री दिनबन्धु पोखरेल, कथा बाचिका राधिका दासी, देवि प्रतिभा र चन्द्रकला सखीले संगीतमय प्रवचन दिनेछन् । कोटीहोमबाट उठेको दान दक्षिणाले दुबै आश्रमको भवनलगायतको संरचना निर्माणसँगै आश्रम व्यवस्थापनका लागि खर्च गर्ने संस्थाको योजना कृष्णमूर्ति जी महाराजले सुनाएका छन् ।
फाउण्डेशनले ललितपुरको बाडेगाँउमा बालआश्रम ‘मामाघर’ र भक्तपुरको ताथलीमा ‘छोरीको घर’ बृद्धाश्रम सञ्चालन गरिरहेको छ । यहाँ रहेका सबैलाई फाउण्डेशनले निःशुल्क आवास, भोजन, स्वास्थ्य शिक्षालगायतको प्रबन्ध गरेको कृष्णमूर्ति जी महाराजले जानकारी दिए ।
फाउण्डेशनले कोटी होमको प्रचारप्रसारका लागि असार २२ गतेदेखि ३० गतेसम्म निरन्तर साइकल,मोटरसाइकल, ट्याक्सी ,रिक्सा,पैदल ¥याली आयोजना गर्दैछ । असार ३१ गते कलशयात्रा समापनपछि श्रावण १ गते महायत्रको शुभारम्भ हुनेछ ।
कोटी होमको प्रचारका लागि दैनिक साँझ ६ बजे प्रचारका लागि मोटरसाइकल ¥याली आयोजना गर्ने भएको छ । कोटो होमको व्यवस्थापन लगायतको काम सुरु भइसकेको आयोजक संस्थाले जानकारी दिएको छ ।
प्रतिक्रिया