२ जेठ । बेलायत पठाउँछु भनेर ४१ लाख ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–२० घर भएर कीर्तिपुर बस्ने योगेन्द्र बाग छन् ।
२३ वर्षका बागलाई कीर्तिपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।
सामाजिक संजाल फेसबुकमा ‘निशा टुर्स लिमिटेड’ नामको आइडी मार्फत कुरा गरेर उनले पीडितहरूलाई बेलायतमा वर्किङ्ग भिसामा पठाउने सपना देखाएर रकम असुलेका हुन् । ४१ लाख १५ हजार असुलेपछि उनी सम्पर्क विहीन भएको एसपी रेग्मीले जानकारी दिए । उनलाई ठगी मुद्दामा कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ ।
२ जेष्ठ २०८१, बुधबार
14
Shares
प्रतिक्रिया