९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिणकाली सडकमा स्कुटर र मोटरसाइकल जुध्यो, यात्रुको मृत्यु



काठमाडौं
२ जेठ । दक्षिणकाली सडकमा भएको दुर्घटनामा एक यात्रुको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका १ चाल्नाखेल सडकमा प्रदेश ०२–००८ प ९२९६ नम्बरको स्कुटर र बा.प्र.०२–००१ प ८९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर मंगलबार बेलुकी दुर्घटना भएको थियो ।
सो दुर्घटनापछि स्कुटरमा सवार ठेगाना नखुलेका करिब २७ वर्षीय रञ्जन थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोद्या अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल र स्कुटर चालकलाई नियन्त्रणमा लिएर प्रहरीले कानूनी कारवाही अघि बढाएको बताइको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ७ : ०४ बजे