७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते



रामपुर (पाल्पा)
३ जेठ । पाल्पाको निस्दी गाउँपालिका ४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताएका छन् ।
दुर्घटनामा सात वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोती नगरपालिका डण्डा (नवलपरासी पूर्व) मा गए राति मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बुधवार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अरुणखोलाबाट पाल्पा निस्दी गाउँपालिका–३ खादरतर्फ आउँदै गरेको लु१ज ३३२४ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घनाग्रस्त जीपमा चालकसहित १५ जना सवार थिए ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  २ : ५१ बजे