३० फाल्गुन २०८२, शनिबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पाथीभरा मन्दिरमा एक मसहनामै ६९ लाखभन्दा बढी भेटी सङ्कलन



फुङ्लिङ (ताप्लेजुङ)
३ जेठ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामै रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले सङ्कलित भेटी बैंक दाखिला गरिएको बताएका छन् । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ । गत महिना ५१ हजार आठ सय चार जनाले देवीको दर्शन गरेका थिए । चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार दुई सय ७२ जना पाथीभरा आएका समितिले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ३ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।