१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मेयर बालेनविरुद्ध कुटपिट र लुटपाटको मुद्दा



४ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)तथा महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा परेको छ ।
प्रमाणमञ्च डटकमका प्रधानसम्पादक पदमप्रसाद पोख्रेलले उनीहरूविरुद्ध कुटपिट र लुटपाटको मुद्दा दिएका हुन् । उक्त अनलाइनले रिपोर्टिङका क्रममा महानगर प्रहरीले पोख्रेलमाथि कुटपिट र लुटपाट गरेकाले मुद्दा दिएको उल्लेख गरेको छ ।

फागुन १६ मा फुटपाथ व्यापारी र महानगर प्रहरीबीच भएको झडपको रिपोर्टिङका क्रममा आफूमाथि कुटपिट भएको पोख्रेलको दाबी छ । त्यसमा ‘महानगरले पटकपटक न्याय दिने सम्झौता गरेर आलटाल गरेपछि’ मुद्दा दिनुपरेको उनको भनाइ छ ।

महानगर प्रहरीको आक्रमणमा परी आफू घाइते भएको पोख्रेलको भनाइ छ । त्यस्तै क्यामेरा, ल्यापटप तथा अन्य केही सामग्री पनि जफत गरिएको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  ५ : १९ बजे