२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बस दुर्घटनामा परेर १० जना यात्रु घाइते



घोराही
४ जेठ । दाङमा भएको बस दुर्घटनामा परी १० यात्रु घाइते भएका छन्।

घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं. ३–०१००६ ख ०९७५ नम्बरको बस दुर्घटना हुँदा दश जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले बताए। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

घाइतेलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर रिफर गरिएको छ। बस दुर्घटनाको कारण खुलेको छैन।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  १ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।