कञ्चनपुर
५ जेठ । कञ्चनपुरमा बालिकालाई बलात्कार (करणी) गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
बेलौरी नगरपालिका–५ भकुण्डा की १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
उनले ती बालिकालाई पटक–पटक बलात्कार (जबरजस्ती करणी) गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रवार पक्राउ गरेको हो। घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया