काठमाडौँ
६ जेठ । बलिउड अभिनेता अनिल कपुर चलचित्र हाउसफुल सिरिजको पाँचौं चलचित्रमा नहुने भएका छन् । मिडिया रिपोर्टका अनुसार उनले पारिश्रमिकका कारण यो चलचित्र छोडेको बताइएको छ ।
योसँगै अर्जुन रामपाल १४ वर्षपछि यो फ्रान्चाइजीको हिस्सा बन्न सक्ने खबर पनि आएको छ । उनले फ्रेन्चाइजको पहिलो चलचित्र हाउसफुलमा मेजर कृष्ण रावको भूमिका निभाएका थिए ।
यद्यपी निर्माताहरुले यी दुई कुराको आधिकारिक पुष्टि भने गरेका छैनन् ।
मिड डे रिपोर्टका अनुसार अनिल कपुर र चलचित्रका निर्माता साजिद नाडियाडवालाबीच पारिश्रमिकको विषयमा कुरा नमिलेको बताइएको छ । जसका कारण अनिलले यो चलचित्र छोडेका छन् ।
यो परिवर्तनपछि निर्माण पक्षले चलचित्रमा नाना पाटेकरको चरित्रलाई पुनः लेख्न थालिएको छ । वास्तवमा, यसअघि चलचित्रमा अनिल कपूरसँग उनको केमेस्ट्री देखिने थियो । बलिउड हंगामाको रिपोर्ट अनुसार अर्जुन रामपाल यो फ्रेन्चाइजीमा सामेल हुन सक्छन् ।
कास्टिङमा यति ठूलो परिवर्तन भए पनि हाउसफुल ५ को सुटिङ शेड्युलमा कुनै परिवर्तन नभएको रिपोर्टमा उल्लेख छ । चलचित्रका निर्देशक तरुण मनसुखानीले अगस्टदेखि बेलायतमा छायांकन सुरु गर्ने भएका छन् । यो चलचित्र यस वर्ष दीपावलीको अवसरमा प्रर्दशन हुने भएको थियो । तर अब यो २०२५ मा रिलीज हुनेछ ।
निर्माताहरूले एक विज्ञप्ति जारी गर्दै भनेका थिए– हाउसफुल फ्रेन्चाइजको ठूलो सफलताको श्रेय दर्शकहरूलाई जान्छ । हाउसफुल ५ को कथा एकदमै फरक छ र जनतालाई पक्कै पनि मन पर्नेछ । यसलाई उत्कृष्ट भिएफएक्स पनि चाहिन्छ, जसका कारण रिलीज मिति विस्तार गरिएको छ। चलचित्र ६ जुन, २०२५ मा थिएटरहरूमा प्रर्दशन हुनेछ ।
प्रतिक्रिया