२५ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर आगलागी घटनाः थप एक जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो



६ जेठ । ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा आगलागीमा परेर गम्भीर घाइते भएका सञ्जय गिरीको पनि मृत्यु भएको छ । आगलागीमा परेर गम्भीर घाइते भएका गिरीको गएराति किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

किष्ट अस्पताल नजिकैको टहरामा आगलागीमा परेर गम्भीर घाइते भएका सञ्जयको श्रीमती रुपा गिरी र दुई छोरी ३ बर्सिया प्रिया गिरी र ८ बर्सिया एलिशा गिरीले यसअघि ज्यान गुमाएका थिए ।

रौतहटको राजदेवी नगरपालिका–४ घर भएका उनीहरू परिवारसँग ललितपुरको किष्ट अस्पताल नजिकै टहरामा बस्दै आएका थिए । मोबिल स्टोरमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो । यस घटनामा घाइते भएका १५ वर्षीय मित गिरीको भने किष्ट अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ४ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।