९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


एमाले भक्तपुरको अध्यक्षमा देउजा पुनः निर्वाचित



भक्तपुर
६ जेठ । नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा पुनः निर्वाचित भएका छन् ।
९औं जिल्ला अधिवेशनवाट देउजा पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
देउजाले २९० मत प्राप्त प्रदी प्रतिद्वन्दी मोहनवीर श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले भने २०१ मत प्राप्त गरेका छन् । श्रेष्ठलाई पुर्वमन्त्री महेश बस्नेतको समर्थन रहेको थियो ।
त्यस्तै उपाध्यक्ष पदमा वासुदेव थापालाई हराउँदै किरण थापा निर्वाचित भएका छन् भने सचिवमा विष्णु तामाङ निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए पनि भक्तपुरमा भने निर्वाचन प्रणालीवाट नेतृत्व चयन भएको हो । मतादानबाट १ सय पाँच जनाको कमिटी चयन भएको छ ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ६ : १८ बजे