९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


फेरि बढ्न थाल्यो काठमाडौंको वायु प्रदूषण



६ जेठ । काठमाडौं उपत्यकाको वायु प्रदूषणको मात्रा हिजो (शनिबार) देखि फेरि बढेको छ । गएको साता घटेको काठमाडौंको प्रदूषणको फेरि बढेको हो । आज (आइतबार) काठमाडौंका तीन स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) आइतबार १०० भन्दा माथि पुगेको छ ।

वातावरण विभागको रेकर्डमा बिहान ११ः३० बजे ललितपुरको भैँसेपाटीको एक्यूआई सबैभन्दा धेरै १६७ मापन हुँदा शंखपार्कको एक्यूआई १५१, खुमलटारको एक्यूआई १०३ र भक्तपुरको एक्यूआई ८७ मापन भएको छ ।

छिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानको एक्यूआई १०२ देखि १९७ सम्म मापन भएको छ । गएको साता काठमाडौंका अधिकांस स्थानमा एक्यूआई ५० भन्दा तल झरेको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ६ : ४७ बजे