२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अनलाइनमार्फत १६ लाख रुपैयाँ ठगी गर्ने चारजना पक्राउ



६ जेठ । सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका एप्सहरूको माध्यमबाट साथी बनाई कुराकानी गरी विभिन्न प्रलोभन देखाई सामान पार्सल, अनलाइनमा लगानी गरेमा दोब्बर हुन्छ भनि प्रलोभन देखाएर ठगी गरेको आरोपमा चारजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ घर भई काठमाडौं–६ मा बस्ने ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बु लिखुपिके गाउँपालिका–१ का ३० वर्षीय सञ्जय बस्नेत, नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ का १९ वर्षीय छेवाङ लामा र सिन्धुपाल्चोक पाँचपोखरी थानपाल गाउँपालिका–५ का २१ वर्षीय करण तामाङ गोले रहेका छन्।

उनीहरुले अनधिकृत रुपमा इसेवा आइडीमा समेत पहुँच पुर्‍याई गैरकानूनी कार्य गरी विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता तथा वालेटमा पटक–पटक गरी जम्मा १६ लाख ५९ हजार रकम ट्रान्सफर गरी अनलाइन मार्फत ठगी गर्नुको साथै उक्त ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ४ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।