७ जेठ । नवअभिनेत्री नीति शाहले अभिनेता रेअर राईलाई मुटुको टुक्रा भन्दै सम्बोधन गरेकी छिन् ।
आइतबार प्रशारित एक टेलिभिजन कार्यक्रममा उनले आफ्नो डेव्यु चलचित्रको हिरो भएकाले जहिले पनि स्पेशल हुने तर्क गर्दै जस जसलाई आफूले मायाँ गरेको हरेक व्यक्तिलाई आफूले मायाँको टुक्रा भएको स्प्रष्टिकरण दिइन् ।
उनले सम्भव सिरोहियासँगको सम्बन्धलाई पनि अन्र्तवार्तामा बोलेकी छिन् । उनले व्यक्तिगत जीवनको बारेमा बोल्न नचाहेको प्रष्ट पारिन् । सार्वजनिक व्यक्तित्व भएकाले व्यक्तिगत जीवन सार्वजनिक हुने गरेको उनको भनाई छ ।
उनले श्रृखला खतिवडासँग बोलिचाली राम्रो रहेको बताइन् । श्रृखला र सम्भवको विवाहमा जान नमिलेपछि सहभागी नभएको बताइन् । माइतीघर मण्डलामा भएको दुर्घटनाको बेला आफू सिरोहियासँग रहेको खबर झुटो भएको बताइन् ।
अभिनेत्री शाहले चलचित्र रावायणमा सम्झौता गरेको भए पनि आफूलाई अभिनेत्रीबाट हटाएको खबर सञ्चारमाध्यमहरुबाट जानकारी पाएको बताइन् । आफूलाई खबर नै नगरि हटाउनु राम्रो नभएको उनको भनाई छ ।
अभिनेत्री शाहले पुर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा खुलेरै खबर गरिन् । उनले सैनिक परिवार भएकाले राजालाई सधै सम्मान गर्ने परम्परा गरेको बताइन् । उनले राजा भनेको राजै हुने र पुर्वराजा नहुने उनको भनाई छ । राजाहरु विदेश भ्रमण जाँदा राजालाई गरिएको इज्जत अरु देशका प्रतिनिधिहरुले नपाएको उनले बताइन् ।
राजाले जनताको लागि गद्दी छोडेको भन्दै प्रशंशा गरिन् ।
उनले अभिनेता पल शाहसँग साइनो काका पर्ने रहस्य समेत खुलाइन् ।
प्रतिक्रिया