२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


हेलिकप्टर दुर्घटनामा इरानी राष्टपति रायसीको निधन



काठमाडौँ । इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।

इरान सरकारले हेलिकप्टरमा सवार राष्ट्रपति रायसीसहित विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल हाशेमको पनि निधन भएको छ । हेलिकप्टरमा अंगरक्षक, पाइलट, को–पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू पनि सवार रहेको बताइएको छ ।

उद्धार टिमले हेलिकप्टरको पहाडमा ठोक्किएर खसेको अवस्थामा सोमबार बिहान भेटाएको थियो ।

क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न राष्ट्रपति रायसी आइतबार अजरबैजान गएका थिए ।

उद्घाटनपछि राईसी तबरेज सहरतर्फ लागेका थिए । ताब्रिज इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी हो । यही क्रममा हेलिकप्टर बाटोमा दुर्घटनामा परेको थियो । हेलिकप्टर दुर्घटना भएको क्षेत्र ताब्रिज सहरबाट ५० किलोमिटर टाढा भार्जेकन सहर नजिकै रहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ५ : ५६ बजे