२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बेपत्ता युवक मृत अवस्थामा फेला



महेन्द्रनगर (कञ्चनपुर)
७ जेठ । कञ्चनपुरको महाकाली नदीमा दुई दिनदेखि बेपत्ता एक किशोरको शव आज फेला परेको छ ।
दोधारा चाँदनी नगरपालिका–१७ वर्षीय विष्णु सुनारको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार शनिबारदेखि महाकाली नदीमा बेपत्ता भएका सुनारको शव दोधारा चाँदनी–१० कुतियाकवरस्थित महाकाली नदीमा फेला परेको हो ।
उनको शव परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको प्रवक्ता जोशीले बताएका छन् ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ३ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।