१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चकलेटी हिरो पल शाह ‘बुढो बाजे’को भूमिकामा देखिए



ललितखबर
८ जेठ । पछिल्लो समय नेपाली दर्शकले चकलेटी हिरो होइन कलाकारको कला हेर्न चाहिरहेका छन् ।
नेपाली चलचित्रमा राजेश हमाल, भुवन केसीको हिरोको भूमिकामा देख्न छोडेपछि पछिल्लो समय दयाहाङ राई, विपिन कार्की र सौगाल मल्ललगायत कलाकारको हालिमुहाली छ ।
चकलेटी हिरो अनमोल केसी छड्के २.० फ्लप भएपछि टाइप लुटमार्फत नयाँ कला पस्कन फर्की फर्की चलचित्र लिएर आएका छन् भने अर्का चकलेटी हिरो पल शाह चलचित्र पुजार सार्कीमा बुढो बाजेको भूमिका पनि अभिनय गरेको रहस्य खुलेको छ ।
चलचित्र ’पुजार सार्की’ प्रर्दशन हुन दुई दिन बाँकी रहँदा अभिनेता पल शाहले आफू बुढो बाजेको भूमिकामा अभिनय गरेको तस्विर सार्वजनिक गरेका छन् । उनका दाह्रीजुँगा सेताम्मे भएर फुलेका छन् । इष्टकोट र ढाका टोपी लगाएका पल शाहलाई चिन्न मुस्किल पर्ने तस्विर सार्वजनिक भएको छ । तस्विरमा उनलाई प्रहरीले पक्रन तयार रहेको अवस्था देखिन्छ ।

उनले आफ्नो करिअरमा महत्त्वपूर्ण चलचित्र “पुजार सार्की” साबित हुनेमा म ढुक्क रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।
उनी चलचित्र ‘रावायण’को छायाङ्कनकामा व्यस्त छन् । आफ्नो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर दर्शकले अनुमान लगाउने उनले उल्येख गरेका छन् ।
उनको चलचित्र यही जेठ १० गतेबाट संसारभरका चलचित्र भवनहरुमा प्रदृशन हुँदैछ । उनी सो चलचित्रमा मेघराज खत्रीको भूमिकामा देखिदैछन् ।
एक गायिकालाई बलात्कार गरेको आरोपमा अदालतमा मुद्दा चलेपनि अदालतले सफाई दिएपछि उनी पुनः चलचित्रमा फर्केका छन् । उनी सो मुद्दामा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएसँगै अदालतको फैसलापछि एक बर्ष जेत समेत बसे ।

 

 

 

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ५ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।