२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कान्तिपुरका अध्यक्ष सिरोहियाद्वारा पक्राउ परेपछि सर्वोच्च रिट



काठमाडौँ
८ जेठ । कान्तिपुर पब्लिकेसन लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध जिल्ला अदालत धनुषाबाट जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् ।
जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आज सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएपछि उनले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन् ।
उक्त रिट दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा बुधबार छलफल हुने सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।
सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको उल्लेख गर्दै जाहेरी परेपछि धनुषा प्रहरीले उनीविरूद्ध पुर्जी जारी गर्न माग गरेको थियो ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  २ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।