९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विकल पौडेलसहित ४ जना दोषी ठहर, पौडेललाई २ वर्ष कैद र २५ करोड जरिवाना



८ जेठ । सेक्युरिटी प्रिन्टिङ प्रेसको भ्रष्टाचार प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ४ जनालाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको हो ।

अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई २ वर्ष कैद र २५ करोड ४७ लाख विगो भराउने फैसला गरेको हो । विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना हुने फैसला पनि गरेको छ ।

यस्तै मेकानिकलतर्फका तत्कालीन सीडीई (हाल वन तथा वातावरण मन्त्रालय) नवीनकुमार पोखरेल, इन्जिनियरिङ मार्केटिङ कन्सर्ननामक कम्पनीका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन पनि यस घोटालामा दोषी ठहर भएका छन् । अदालतले उनीहरूलाई ६ महिनाका दरले कैद तथा ५ करोड रुपैयाँ जरिवा हुने फैसला गरेको छ । अख्तियारले गतवर्ष वैशाखमा विकल पौडेलसहित ९ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ४ : ५२ बजे