काठमाडौँ
११ जेठ । नाटक ’म्यारीज प्रपोजल’ बुधबारबाट मञ्चन शुरूवात भएको छ । आन्तोन चेखभको लेखनमा चे शंकरको छायानुवादमा रहेको नाटक बुधबार ९प्रिमियर शो० सहित कुञ्ज नाटक घरमा मञ्चन शुरूवात भएको हो ।
संगीत सापकोटा र आशीष घिमिरेले नाटकलाई निर्देशन गरेका हुन् । कलासी प्रोडक्सनको प्रस्तुति एवं कर्मन कलासँगको सहकार्यमा नाटक बुधबार ९प्रिमियर शो० बाट जेठ २७ गतेसम्म मञ्चन गर्न लागिएको निर्देशक द्वयले बताएका छन् ।
नाटकले विसंगतिवादी विषयवस्तुलाई समावेश गर्दै मनोरञ्जनात्मकता झल्काउने प्रयास गरेको छ । सन् १८९० को विषयवस्तुलाई समावेश गर्दै अहिलेको परिस्थिति सापेक्ष रूपमा नाटक तयार गरिएको छ ।
नाटक पछिको अन्तरक्रियामा कलाकारहरूले पुरानो परिवेशलाई परिस्थिति सुवाउदोँ हिसावले नाटक मञ्चन गरिएको बताए ।
कडेमी जनराबाट नाटकको विदा तर्फ प्रवेश गरेका कलाकार डोरेस खतिवडाले कमेडी र नाटक धेरै फरक पाटोका विषयवस्तुहरू भएको बताए । उनले कमेडी एक्टिङमै सिमित रहने र नाटक सधैं जीवन्त रहने बताए ।
सन् २०१८ मा मण्डला थिएटरमा प्रस्तुत गरिएको नाटकको विषयवस्तुलाई भारतको अलावादमा भएको कुम्भ फेस्टिबलमा सन् २०१९ मा मञ्चन गरिएको थियो भने, पुनः बंगलादेशको राजशाहिमा बोङंबोन्धु थिएटर फेस्टिबलमा प्रस्तुत गरिएको थियो ।
नाटकमा ४ जना पात्रहरू रहनुभएको छ । जसमा विजया कार्की ’रूक्मिणि देवी’ , डोरेस खतिवडा ’रञ्जित विष्ट’ , चन्द्र नेपाली ’तोपजंग ठकुरी’ र सुन्दर धिताल ’बोधे’ पात्रका रूपमा अभिनयमा रहेका छन् । उक्त नाटकलाई सन् २०१८ मा ३ जना पात्रहरू मार्फत मञ्चन गरिएको थियो । नाटकले विभिन्न सामाजिक मनोभावनालाई आत्मसात् गर्दै आगामी पुस्ताका नेतृत्वदायी भुमिका चित्रणमा समेत ओत पुर्याउने विश्वास लिइएको छ ।
करिब चालिस मिनेटमा समावेश रहेको नाटको विषयवस्तुलाई परिस्कृत गर्दै १ घण्टा १० मिनेट नाटक समयावधि तय गरिएको छ । नाटक
उक्त नाटकलाई सन् २०१८ मा कलाशी प्रोडक्सनले आफ्नो पहिलो प्रोजेक्टका रूपमा मञ्चन गरेको थियो ।
कलाशी प्रोडक्सनले हालसम्म ’२४ मा १२’, ’अधेरी नगरी चौपट राजा’, ’ज्ञानको चिहान’ र समय पीडा नाटक मञ्चन लगायत विभिन्न क्षेत्रमा काम गरिसकेको छ ।
क्गवबल
क्गवबल
प्रतिक्रिया