२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


सिङ्गापुर एयरलाइन्स उडिरेहेको अवस्थामा एक्कासी तल झर्दा २० जना घाइते



काठमाडौँ
११ जेठ । सिङ्गापुर एयरलाइन्सको विमानएक्कासी तल झर्दा (गम्भिर टर्ब्युलेन्स) २० जना यात्रुको मेरुदण्डमा चोट लागेको छ ।

बैंककको एक अस्पतालका प्रमुखले ती व्यक्तिहरु सघन उपचार कक्षमा रहेको बताएका छन् । बैंककको अस्पतालमा भर्ना भएका मध्ये एक दुई वर्षीय बालक पनि छन् ।

लण्डनबाट उडेको यो विमानले गत मंगलबार थाइल्याण्डमा आपतकालीन अवतरण गरेको थियो । जम्मा ४६ यात्रु र दुई जना चालक दलका सदस्यको अझै पनि बैंककमा उपचार भइरहेको एयरलाइन्सले जनाएको छ । विमानमा सवार यात्रुहरूले विमान अचानक तल झर्यो र सिट बेल्ट नलगाएका मानिसहरू छतमा ठोक्किएका थिए ।

मेरुदण्डमा चोट लागेका २० जना छन् भने ६ जनाको अवस्था गम्भीर रहेको छ ।

सिंगापुर एयरलाइन्सको विमान एसक्यू ३२१ लन्डनबाट सिंगापुरको लागि मंगलबार गम्भीर टर्ब्युलेन्समा परेको थियो । यस घटनामा ७३ वर्षीय ब्रिटिश नागरिक जियोफ किचेनको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ५ : ०९ बजे