१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भ्रष्टाचारी ठहर भएका इन्जिनियर पोखरेल भक्तपुरमा मृत फेला



११ जेठ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत अवस्थामा फेला परेका छन् ।

बिहीबार बिहान पोखरेल भक्तपुरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको भक्तपुर प्रहरीले जानकारी दिएको छ । घटनास्थलबाट सुसाइड नोट फेला परेको र प्रारम्भिक अनुसन्धानमा पोखरेलले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो । पोखरेलसहित अन्य ४ जना सुरक्षण प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका थिए ।

पोखरेल वन तथा वातावरण मन्त्रालयमा उपसचिवस्तरमा कार्यरत रहेका बेला गत वर्ष निलम्बनमा परेका थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १० : १३ बजे