१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ हेर्न दर्शकको भीड



काठमाडौँ
११ जेठ । बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएपछि चलचित्र भवनहरुमा चलचित्र हेर्ने दर्शकको भीड रहेको छ । प्रदर्शनको पहिलो दिन दुवै चलचित्र नेपालभर उच्च ‘अकुपेन्सी’ सहित प्रदर्शन भएका छन् ।

‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले पहिलो दिन अधिकांश ‘सो’ ‘हाउसफूल’ रहेको जानकारी दिए । उनले उच्चस्तरीय चलचित्र भन्दै दर्शकले तारिफ गर्नुका साथै ‘टाइम लुप’ को प्रयोगलाई चाख दिएर हेरेको बताए । उनले नेपाली चलचित्रमा ‘टाइम लुप’ नयाँ प्रयोग भएको पहिलो दिनको व्यापार निकै उत्साहजनक रहेको भन्दै अब चलचित्र हेर्न दर्शकले नै सिफारिस गर्नुहुनेछ भन्नेमा विश्वस्त रहेको बताए ।

उनले आज बिहानदेखि नै दर्शकको चाँप चलचित्र भवनमा देखिएको जानकारी दिए । सुयोग गुरुङले निर्देशक गरेको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायत कलाकारले अभिनय गरेका छ ।
प्रदर्शनरत अर्को चलचित्र ‘पुजार सार्की’ लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् । जातीय र वर्गीय विभेद्को कथालाई मिश्रित समाजको पृष्ठभूमिमार्फत देखाएको चलचित्रले ‘जात होइन, मानवता’ भन्ने सन्देश दिने निर्देशक राउतले बताए । “यसपटक मिश्रित समाजको एकताले विकास ल्याउँछ भने विभेद्ले विनाश भन्ने देखाउन खोजेको छु । मैले अघिल्ला चलचित्रमा प्रस्तुत गरेको कथाको निचोड पनि यसलाई भन्न सकिन्छ”, निर्देशक राउतले भने ।

उनले आफ्ना कलाकारसँग बिहीबार दिनभर काठमाडौँ उपत्यकाका चलचित्र भवन पुगेर दर्शक प्रतिक्रिया लिएका थिए । दर्शकले दिएको प्रतिक्रियाले चलचित्र लामो समयसम्म प्रदर्शन हुनेमा उनी विश्वस्त छन् ।
विकास सुवेदीले लेख्नुभएको चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बू, पल शाहलगायत कलाकारले अभिनय गरेका छन् ।

निर्माण पक्षको दाबीअनुसार दुवै चलचित्रले पहिलो दिन एक करोड बढीको व्यापार ९ग्रस कलेक्सन० गरेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ४ : २४ बजे