३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि



११ जेठ । नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको हो।

गत अप्रिल र मे महिनामा सातवटै प्रदेशबाट नमुना सङ्कलन गरी जिन सिक्वेन्सिङ गरिएको थियो। तीमध्ये १२ जनामा ‘केपी १’, १७ जनामा ‘केपी २’, एक जनामा ‘केपी ३’ र एक जनामा ‘केपी ४’ दखिएको हो।

प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले भने,’यो नयाँ भेरियन्ट होइन। ओमिक्रोन भेरियन्टकै सव भेरियन्ट हो। यसलाई नयाँ नाम मात्र दिइएको हो,’ उनले भने।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले ‘केपी’ प्रजातिको भेरियन्ट सङ्क्रामक नभएको बताए। ‘केपी प्रजातिको भेरियन्ट त्यति सङ्क्रामक छैन। यसको प्रभाव खासै छैन,’ उनले भने।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ५ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।