९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं नीजगढकोे धेद्रे सुरुङमार्ग वारपार



काठमाडौँ
१२ जेठ । काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग जोडेर एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग सुरुङमार्ग वारपार गरिएको (ब्रेक थ्रु)छ ।

रक्षामन्त्री हरि प्रसाद उप्रेतीले स्विच थिचि ब्लास्टिङ गरेर सुरुङमार्ग वारपार गरेका हुन् ।

यस अघि गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको वारपार गरिएको थियो । रक्षामन्त्री उप्रेतले गत हप्ता छिचोलिएको लेनडाँडा सुरङमार्गलगायत द्रुतमार्गका निर्माणाधीन संरचनाको अवलोकन पनि गरेका छन् । निर्माणको ३३ प्रतिशत काम सकिएको छ।

द्रुतमार्गको निर्माणको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने र काठमाडौलाइ मध्य तराईको भुभागसम्म जोडेर तराईको यात्रामा सहज वातावरणम निर्माण गर्ने र कृषि , ब्यापार ब्यवसायमा सहज बनाएर देशको अर्थतन्त्रमा सहयोग गर्ने रक्षामन्त्री हरि उप्रेतीज्युले उद्घाटन समारोहमा बताएका छन् ।

आफु पनि मधेसमा जन्मिएर हुर्केको र आफ्नो गृह जिल्ला सर्लाही भएकोले द्रुत मार्गको अभावले मधेसका जनताले काठमाडौसम्म भोग्नुपरेका दुख ब्यथालाइ आफुले नजिकबाट नियालेको कारण यस आयोजनालाइ आफ्नै कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ३ : ३९ बजे