९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चाँगुनारायणका उपमेयर बुढाथोकीको तलब भत्ता विद्यार्थीको पोशाक र जुत्तामा खर्च



भक्तपुर
१४ जेठ । चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख रमेश बुढाथोकीले आफुले पाउने तलब भत्ताको रकम सानासाना स्कुले बाबुनानीहरुको लागि खर्च गरेको १० लाख रुपैयाँ विद्यार्थीहरुकै लागि खर्च गरेका छन् ।
नगरपालिकामा पत्रकारहरु माझ आफ्नो दुई वर्षको कार्यकालको अनुभव सुनाउदैं उपप्रमुख बुढाथोकीले सरकारी नियम अनुसार कर कट्टा गरेर आफुले मासिक पाउने ३० हजार, प्रत्येक बैठकमा पाउने १ हजार ४ सय रुपैँया भत्ता आउने सबै सामाजिक कार्यमा खर्च गरेको उनको भनाई छ ।
मैले पार्टीमा टिकट लिने बेलामा नै भनेको थिए, कुनैपनि सेवा सुविधा आफ्नो लागि खर्च गर्दिन, अहिले नगरभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने सानाबाबु नानीहरुलाई सानो सहयोग गर्ने गरेको छु, उनेले भने ।
कहिँलेकाहीँ आउने पैसाले नपुेर आफ्नो खल्तीको समेत हालेर विद्यार्थीहरुलाई झोला, पोशाक र जुत्ता किनिदिने गरेको उपप्रमुख बुढाथोकीले बताए ।
नगरपालिकाले उपलब्ध गराएको गाडी पनि नगर अस्पतालमा बिरामी, सुत्केरी बोक्नकोलागि दिएको उनको भनाई छ । एक जना चालक भने आफुने सुविधा लिएको बुढाथोकीले जानकारी दिए ।
उपमेयर बुढाथोकीले नगरपालिकामा डोजर आतङ्क रहेको बताए । नगरपालिकामा वडा नं. १ देखि ९ सम्मका डाँडाडाँडामा अन्धाधुन्ध तवरले डोजर चलिरहेको छ, उनले भने ।
उपमेयर बुढाथोकीले ५ रोपनी जग्गा सम्याउने भनेर नगरपालिकाबाट सिफारिस लग्ने तर जग्गा व्यवसायी र प्लटिङ व्यवसायीहरूले नगरपालिकाको आँखा छलेर १० रोपनीमा डोजर चलाउने गरेको बताए ।
उनले अवैध रूपमा डोजर चलाएका व्यवसायीबाट कर उठाएको, डोजरको साँचो नियन्त्रणमा लिए पनि डोजर चल्न नरोकिएको जानकारी दिए । त्यसबारे जनप्रतिनिधिसमेत मौन रहेको उनको दुःखेसो छ ।
नगरपालिकाको अनुमती देगर कित्ताकाट गरेका जग्गाको घरबाटो सिफारिस दिदा जरिवाना स्वरुप एक पटकको लागि प्रतिआना रु १५ हजारको दर लिने गरेको र जस अनुसार चार करोड रुपैया राजश्व संकनल गरेको छ ।
यो वर्ष हालसम्म चाँगुनारायण नगरपालिकाले विभिन्न शिर्षकमा करिब एक्काईस करोड पचास लाख रुपैया मात्र राजश्व संकलन गरेको उपप्रमुखले बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ९ : ४१ बजे