काठमाडौं
१५ जेठ । मंगलबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सून तोलामा ४ सय रुपैयाँ बढेर सूनको मूल्य प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा पुगेको छ ।
हिजो सुन १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
अहिलेसम्मकै सर्वाधिक मूल्य वैशाख ७ गते सुनको भाउ प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
साथै आज चाँदीको मूल्य पनि बढेको छ । संघका अनुसार चाँदी तोलामा ४० रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको छ । हिजो १ हजार ८८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
प्रतिक्रिया