११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मर्निङवाक गर्दा सडकमै ढलेका पुरुषको निधन



१५ जेठ । काभ्रे बनेपामा मर्निङवाकमा निस्केका व्यक्तिको मृत्यु भएको छ। आज बिहान मर्निङवाकमा निस्केको बेला बनेपा नगरपालिका ३ का ३७ वर्षीय रामप्रसाद दंगालको आकस्मिक रुपमा मृत्यु भएको प्रहरीले जनाएको छ।
बाटोमा हिँड्दै गर्दा उनी बिहान साढे आठ बजे सडकमै ढलेका थिए। मुटु रोगको बिमारी दंगालको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

उनी मुटुको दीर्घरोगी थिए। आफन्तका अनुसार उनको मुटुमा पेसमेकरसमेत राखिएको थियो। बिहान धुलिखेल ५ खड्पुचोकमा उनी बेहोस अवस्थामा फेला परेका थिए।

धुलिखेल अस्पतालमा उपचारको क्रममा पौने १० बजे उनको मृत्यु भएको हो।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ७ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।