११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भीमफेदीमा भिरबाट खसेर कार दुर्घटना,दुई बालिकासहित तीन जनाको मृत्यु



१६ जेठ । मकवानपुर भीमफेदी गाउँपालिका जुरिखेतमा कार सडकबाट खस्दा ३ जनाको मृत्यु भएको छ। हेटौंडा–भैसे–भीमफेदी– काठमाडौँ सडकखण्डको भीमफेदी ६ जुरिखेतमा कार सडकबाट २५० मिटर तल खसेको थियो।
उक्त दुर्घटनामा दुई बालिकासहित तीन जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बा ६ च ९३७९ नम्बरको कार बुधबार अपरान्ह अनियन्त्रित भई सडकबाट २५० मिटर तल खस्दा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

घाइते ५ जना मध्ये तीन जनाको उपचारका क्रममा हेटौंडामा ज्यान गएको मकवानपुर प्रहरीले जनाएकाे छ । घाइतेहरुको हेटौडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ३ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।