९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘प्रहरी हौँ’ भन्दै काठमाडौंको सुन पसलमा लुटपाट, एक जना पक्राउ



१७ जेठ । ‘प्रहरी हौँ’ भन्दै काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ स्थित कपनको मुस्कान चोक नजिक रहेको सुन पसलमा लुटपाट भएको छ । प्रहरीले लुटपाटमा संलग्न एक जनलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ भने ३ जना अझै फरार रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार प्रहरीले घटनामा संलग्न रहेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ४८ वर्षीय भाग्यराम पाइनलाई पक्राउ गर्न सफल भएको हो ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ अत्तरखेल बस्दै आएका पाइन र उनको समूहले गत जेठ १३ गते सोहील बाह्रबिसे सुनचाँदी पसलमा लुटपाट गरेका थिए ।

उपरीक्षक रेग्मीका अनुसार सो राति करिब ११ बजे पाइनको समूह सुन पसलका सञ्चालक जय विक्रम विकको डेरामा पुगेका थिए । ‘हामी सादा पोसाकका प्रहरी हौँ, तपाईंको पसलको अनुसन्धान गर्न आएका हौँ’ भन्दै उनीहरूले विकलाई पसल खोल्न लगाएका थिए ।

पसल खोलेपछि विकलाई कुटपिट गरी पसलमा रहेको अन्दाजी ५ तोला सुनका विभिन्न गरगहना र मोबाइल लुटपाट गरी फरार भएका थिए । अनुसन्धानको क्रममा घटनामा पाइनको समूह संलग्न रहेको खुलेको थियो । पाइनलाई प्रहरीले गत जेठ १४ गते गोकर्णेश्वरबाट चोरी गरेको सुनका केही गहनासहित पक्राउ गरेको उपरीक्षक रेग्मीले जानकारी दिए ।

उनको साथबाट ५० दरको ३ सय अमेरिकी डलर र मोबाइलसमेत प्रहरीले बरामद गरेको थियो । पाइनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ८ : १६ बजे