९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं र ललितपुरमा आज ९ घण्टासम्म विद्युत् अवरुद्ध



१९ जेठ । आज काठमाडौं र ललितपुरका विभिन्न ठाँउहरूमा विद्युत् अवरुद्ध हुँदैछ । विद्युत प्राधिकरणका अनुसार आज पाँचदेखि ९ घन्टासम्म विद्युत् सेवा अवरूद्ध हुने भएको हो ।

काठमाडौंको मातातिर्थ फिडर र ललितपुरमा पुल्चोक फिडरबाट वितरण गरिएका विभिन्न ठाँउमा विद्युत् हुने भएको छ ।
पाटन पुल्चोक फिडर अन्तर्गत पर्ने भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुनडोल, मन्त्री क्वाटर, झम्सिखेल, अरूण थापा चोक क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत काटिनेछ ।
काठमाडौंको दाउरा डिपो, महादेवस्थान, चेकपोष्ट, आयल निगम, गोदाम, थानकोट, त्रिभुवन पार्क, खरिबोट, नागढुंगा, पिपलामोड, बसुन्डोल, इन्द्रथान, टोटीटोल, सिरानचौर, महेश फाट, कुखुरेचौर र झाँगाझिँटीमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत लाइन अवरूद्ध हुने प्राधिरणले जानकारी दिएको छ ।

मर्मत तथा कन्डक्टर अपग्रेडका लागि सो विद्युत् अवरुद्ध गर्नु परेको प्राधिकरणको भनाई छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  २ : ५० बजे