१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउन आह्वान



भक्तपुर
१९ जेठ । लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताएका छन् । श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गर्न गर्दै पर्यटनलाई प्राथमिकता दिन सके प्रदेशको आम्दानीको श्रोत बढ्ने बताएका हुन् ।
वागमती प्रदेशको आम्दानीको श्रोत दिन प्रतिदिन घट्दो रहेको छ तर बजेटमा उत्पादनलाई प्राथमिकता दिन नसक्दा जनताहरूको सङ्घीयता प्रति नै प्रश्न चिन्ह खडा भएको बताएका छन् ।
‘प्रदेशको आम्दानीको श्रोत भनेको पर्यटन क्षेत्र र घरेलु उत्पादन नै प्रमुख हो । पर्यटन क्षेत्रको विकास बिना अबको आर्थिक रूपान्तरणको पाटो सबल बन्न सक्ने अवस्था देखिँदैन तर पनि बागमती प्रदेश भित्रका सम्पदाको अवस्था बेहाल छ यिनको संरक्षण र प्रर्वदन गरी आर्थिक रूपान्तरणमा भूमिका निर्वाह गर्न बागमती प्रदेशसभाको भूमिका अझै मजबुत हुनुपर्छ’ श्रेष्ठले भने ।

विदेशी मदिरालाई रोक लागाई प्रदेश भित्रका आदिवासी जनजातिले उत्पादन गर्दै आएका मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउन आह्वान गर्दै लोकल मदिरालाई ब्राण्डीङ गर्न आवश्यक कानुन बनाई कार्यान्वयनमा ल्याउन सरकार समक्ष उनले ध्यानाकर्षण गराएका थिए । उनले जस मार्फत यहाँका आदिवासी जनजातिहरूको जीवनस्तर उकास्न ठुलो टेवा पुग्ने तथा प्रदेशको आम्दानीको दायरा समेत बढ्ने बताए ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ४ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।