२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


उडिरहेको इन्डिगो विमानमा बमको धम्की आएपछि…



एजेन्सी । भारतको चेन्नईबाट मुम्बईका लागि उडेको इन्डिगोको फ्लाइटमा बमको धम्की आएपछि आपत्‌कालीन अवतरण गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान मुम्बई जाँदै गर्दा इन्डिगो विमानमा बमको धम्की आएको हो।

उडान ६ई५३१४ चेन्नईबाट बिहान ७ बजे उडेको थियो। बिहान करिब साढे ९ बजे मुम्बई एयरपोर्टमा अवतरण भएको थियो।

विमानस्थलका अधिकारीहरू तुरुन्तै सक्रिय भए। विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालियो। अहिले पूरै विमानभित्र खोजी भइरहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार इन्डिगोले विज्ञप्ति जारी गर्दै चेन्नईबाट मुम्बई गइरहेको इन्डिगोको फ्लाइट ६ई ५३१४ मा बमको धम्की आएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ- त्यसपछि सुरक्षा निकायको निर्देशनमा विमानलाई सुनसान स्थानमा लगियो। विमानबाट सबै यात्रु सकुशल ओर्लिएका छन्। अहिले विमानभित्र खोजी भइरहेको छ। सबै सुरक्षा जाँच पूरा भएपछि विमानलाई टर्मिनल क्षेत्रमा फिर्ता ल्याइनेछ।

त्यसमा १७२ यात्रु थिए।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ९ : ५२ बजे