६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बेहुली फ्रम मेघौली’ को पोस्टरमा ट्रयाकटर चलाउदै स्वस्तिमा



काठमाडौँ
१९ जेठ । चलचित्र ‘बेहुली फ्रम मेघौली’को पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का सारी चोलोमा सझिएर ट्याक्टर चलाउदै गरेको पोस्टर सार्वजनिक भएको छ ।

शनिबार सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का साडी र चोलीमा सजिएर उभिएर ट्याक्टर चलिरहेको देखाइएको छ ।

साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा तयार भएको चलचित्रमा स्वस्तिमाको अपोजिटमा उनकै श्रीमान् तथा अभिनेता निश्चल बस्नेत रहेका छन् ।

आमिर गौतम, विजय बराल, सिम्रन खड्का लगायतको पनि अभिनय रहेको चलचित्रले एक बेहुलीको कथा भन्नेछ । चितवनको मेघौलीमा छायांकन गरिएको यो चलचित्रलाई दशैंमा ल्याउने घोषणा गरिए पनि यकिन मिति तय गरिएको छैन ।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण रहेको चलचित्रको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् ।
स्वस्तिमाले पहिलोपटक चलचित्र निर्माणको अनुभव लिएकी हुन् । चलचित्रमा निर्देशकद्वय आकाश र साजनको संयुक्त लेखन छ । उनीहरुले यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ५ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।