९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँ महानगरमा करारमा २४१ नगर प्रहरी भर्ना



 

काठमाडौँ
२० जेठ । काठमाडौँ महानगरपालिकामा करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि आवेदन मागेको छ ।
महागरले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरूलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गर्न दरखास्त आव्हान गरेको हो ।
महानगरले नेपाल प्रहरी÷सशस्त्र प्रहरी बलको जवान भर्ना सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारले ७ (सात) दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्न आव्हान गरेको छ ।
वैकल्पिक सूची काठमाडौँ महानगरपालिकाको वेबसाइट धधध.पबतजmबलमग.नयख.लउ को डाउनलोड अन्तर्गतको प्रकाशनमा वैकल्पिक सूची शीर्षकमा रहेको व्यहोरा समेत जानकारी गराएको छ । दरखास्त दिदा वैकल्पिक दर्ता नं. खुलेको ढाँचा बमोजिमको निवेदन र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि समावेश गर्नपर्ने सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  २ : ३२ बजे