१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गोपीकृष्ण राष्ट्रिय चलचित्र अवार्ड– २०८०, महाजात्रा सर्वोत्कृष्ट चलचित्र



२० जेठ । गोपीकृष्ण राष्ट्रिय चलचित्र अवार्ड– २०८० अन्तर्गत ‘हिरा’ सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार महाजात्राले जितेको छ । सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट अभिनेता, सर्वोत्कृष्ट पटकथा लेखन र सर्वोत्कृष्ट हास्य कलाकार राष्ट्रिय पुरस्कार पनि महाजात्राकै कलाकारले पाए ।

‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक र ‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखन गरेर प्रदीप भट्टराईले दुई फरक विधामा पुरस्कार जिते । त्यस्तै, विपिन कार्कीले ‘शिव’ सर्वोत्कृष्ट अभिनेता पुरस्कार जिते । महाजात्राबाटै रवीन्द्र झाले ‘गोपालराज’ सर्वोत्कृष्ट हास्य कलाकार पुरस्कार जिते ।

‘कुसुमे रुमाल’ सर्वोत्कृष्ट व्यावसाहिक चलचित्र पुरस्कार जारीले जित्यो । ‘लक्ष्मीनाथ’ सर्वोत्कृष्ट कथा र संवाद अवार्ड जारीबाटै उपेन्द्र सुब्बाले जिते । ‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री पुरस्कार जारीबाट मिरुना मगर र दिमाग खराबबाट स्वस्तिमा खड्काले संयुक्त रूपमा जिते ।

‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेताको पुरस्कार परदेश २ बाट प्रकाश सपुतले जिते । त्यस्तै, ‘चैत्य’ सर्वोत्कृष्ट नवअभिनेत्री पुरस्कार जारीबाट प्रतीक्षा लिम्बूले जितिन् । द रेड सुटकेसले ‘मह जुरी’ पुरस्कार जित्यो । कार्यक्रममा विभिन्न विधामा अवार्ड वितरण गरिएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ४ : ४९ बजे