१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


क्यान्सरबाट पीडित गीतकार चाम्लिङको उपचारमा सघाउन संघको आग्रह



२१ जेठ । क्यान्सर पीडित गीतकार टीका चाम्लिङको उपचारमा सघाउन गीतकार संघ नेपालले आग्रह गरेको छ । अध्यक्ष वसन्त वित्यासी थापाले आर्थिक स्थिति  कमजोर भएका चाम्लिङलाई सघाउन आर्थिक सहयोगको अपिल गरेका हुन् ।

चाम्लिङ एक महिनादेखी क्यान्सरबाट पीडित छन् । अहिले ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भैरहेको छ । अध्यक्ष थापाले उपचारका लागि रकम यति नै चाहिन्छ भन्ने यकिन नभएकाले सहयोगी मनलाई सहयोग गर्न आग्रह समेत गरे ।

गीतकार संघद्धारा जारी अपिल पत्रमा ठूलो धनराशी खर्च भइसकेको र अझै खर्चको अभाव हुने भएकाले स्वदेश तथा बिदेशमा रहने सम्पुर्णका लागी सहयोगको अपिल गरिएको उल्लेख छ ।

संघले २५ हजार रुपैयाँ सहयोग गरेको छ । सहयोग गर्न चाहनेका लागी गीतकार संघ नेपालको एभरेस्ट बैंकमा रहेको ००१००१०५२००८४७ नम्बरको खातामा रकम जम्मा गर्न सकिने बताइएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ११ : १४ बजे