९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ट्राफिक सचेतना कक्षाको भद्रगोल, कक्षामै निदाउँछन् चालक



ललितखबर
२२ जेठ । पछिल्लो समय ट्राफिक प्रहरीले चालकलाई कारवाहीपछि दिने गरेको अनिवार्य सचेतना कक्षा भद्रगोल देखिएको छ ।
सिंहदरवार बग्गीखानास्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको सचेतना कक्षामा सोमबार ३ बजेको कक्षामा विजोक देखियो ।
कार्यालयको आडैमा जस्ताको टहरामा कक्षा सञ्चालन गरिएको थियो । सानो कोठामा ९५ जना ठेलमठेल चालक राखिएको थियो । कुनामा सानो स्क्रिनमा प्रस्तुती रहेको भिडियो देखाइयो ।
सहभागी ९५ जना चालकले राम्रोसँग सुन्न सक्ने ध्वनी थिएन । सानो मनिटरमा अगाडि बस्नेले राम्रोसँग देख्न सक्थ्यो । टाढाबाट राम्रो बुझिन्थ्यो । यद्यपी भिडियोको विषयबस्तु असाध्यै उपयोगी थियो ।
कक्षा कोठामा उस्तै हल्ला थियो । कतिपय चालक निदाइरहेका थिए । सचेतना कक्षामा भिडियो मात्रै बजाउने भएकाले सहभागीको ध्यान थिएन ।
कक्षा कोठामा सहभागी ट्राफिक प्रहरी कुर्सीमा बसेर कारवाही गरिएको कागजात मिलाउनमै व्यस्त थिए । कक्षा कोठामा निदाएका चालक उठाउने,हल्ला रोक्ने फुर्सद थिएन ।
भिडियो प्रस्तुती पछि एक प्रहरीले निदाएका चालकलाई उठ्न भने । चालक निदाएको भन्दै ठट्यौली पारामा झारा टरिसकेको संकेत गरे । अनि कागजात थमाएर पठाए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवनकुमार श्रेष्ठलाई कक्षा कोठामा चालकलाई राम्रोसँग सचेतना नदिइएको र कारवाहीमा परेका चालक कक्षा कोठामै निदाउने गरेको घटनाबारे प्रश्न गर्दा झर्को मान्दै आफ्नै छोराछोरीलाई तह लगाएर काम लगाउन नसकिने अवस्था रहेको भन्दै गैरजिम्ेवार जवाफ दिए । प्रहरीले सबैलाई सचेतना दिने गरेको उनको भनाई थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ४ : ५७ बजे