२२ जेठ । सुर्खेत प्रहरीले मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौँ लिएर जाँदै गरेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरस्थित तीनकुने चोकबाट प्रहरीले बालबालिकासहित नाम्गेल छिरिङ नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनले वडाबाट ल्याएको सिफारिस देखाए पनि सबैको सिफारिस छैन । यसबारे सोध्दा छिरिङले बोली पटक–पटक बदलिरहेको भन्दै प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
बसमा हालेर बालबालिकालाई रातारात काठमाडौँ लैजान लागेको शङ्कापछि प्रहरीले नियन्त्रणमा लिएर सोधखोज गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी नायव निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
प्रतिक्रिया